जिरी (दोलखा) । एसईई परीक्षामा बागमती प्रदेशबाट १ लाख ७ हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशबाट १ लाख ७ हजार ४ सय २५ जना परिक्षर्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।
बागमतीमा ३ दशमलव ६ देखि ४ जिपिए प्राप्त गर्ने ४ हजार ६ सय २ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने १६ हजार २ सय ९६, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए प्राप्त गर्ने २१ हजार ५ सय ८८ र २ दशमलव ४ देखि २ दशमलव ८ जिपिए प्राप्त गर्ने २० हजार ४ सय ९३ रहेका छन् ।
यस्तै, २ दशमलव ० देखि २ दशमलव ४ जिपिए प्राप्त गर्ने २० हजार ३ सय ९३, १ दशमलव ६ देखि २ दशमलव ० प्राप्त गर्ने १४ हजार ९ सय ३५, १ दशमलव २ देखि १ दशमलव ६ प्राप्त गर्ने ५ हजार ३ सय २ र ० दशमलव ८ देखि १ दशमलव २ जिपिए प्राप्त गर्ने ४ सय ५ जना रहेका छन् ।
बागमतीको उत्तीर्ण प्रतिशत २१ दशमलव ६७ रहेको छ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज अपरान्ह सार्वजनिक गरेको थियो ।










