images
images

एसईई परीक्षामा हनुमन्तेश्वर र त्रिपुराका परीक्षार्थी दोलखा जिल्लाकै उत्कृष्ट

  • ११ श्रावण २०७९, बुधबार २०:३९

दोलखा । यो वर्षको एसईई परीक्षामा दोलखाका तीन जना उत्कृष्ट भएका छन् ।

सार्वजनिक भएको एसईई नतिजा अनुसार जिल्लाको सामुदायिक विद्यालयका छात्र र छात्रा १/१ जना र १ जना संस्थागत विद्यालयका विद्यार्थी जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । यद्धपि संस्थागततर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा भने छुट्याउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयतर्फ बागमती प्रदेशकै नमूना मानिएको दोलखाको बैतेस्वर गाउँपालिका ४ स्थित हनुमन्तेस्वर माविका छात्र आदेश दाहाल सवैभन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । दाहालले ३ दशमलव ८० जिपिए प्राप्त गरेका छन् । हनुमन्तेश्वर माविकै छात्रा पुर्णिमा मिजार ३ दशमलव ७५ जिपिए प्राप्त गरी उत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् ।

यो वर्षको एसईई परीक्षामा दोलखाका तीन जना उत्कृष्ट भएका छन् । सार्वजनिक भएको एसईई नतिजा अनुसार जिल्लाको सामुदायिक विद्यालयका छात्र र छात्रा १/१ जना र १ जना संस्थागत विद्यालयका विद्यार्थी जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । र सामुदायिक विद्यालयतर्फ बागमती प्रदेशकै नमूना मानिएको दोलखाको बैतेस्वर गाउँपालिका ४ स्थित हनुमन्तेस्वर माविका छात्र आदेश दाहाल सवैभन्दा बढी अंक प्राप्त गरी उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।

यस्तै, संस्थागत विद्यालयतर्फ चरिकोटस्थित त्रिपुरा ग्लोरिएस एकेडेमीका निकेश रिमाल पनि ३ दशमलव ७५ जिपिए प्राप्त गरी दोस्रो स्थान हाँसिल गर्न सफल भएका छन् । संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा भने छुट्याउन बाँकी छ । समय अभावका कारण छुट्याउन नभ्याइएको प्रमुख श्रेष्ठले बताउनुभयो । यो वर्ष दोलखाका ७ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ३ दशमलव ८० सम्म जीपीए ल्याएका छन् । यस्तै,१ सय १८ जना विद्यार्थीले ३ दशमव २१ देखि ३ दशमालव ६० जीपीए, ३ सय ३७ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए, ७ सय ८८ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए र१ हजार २३ जनाले २ दशमलव ०५ देखि २ दशमलव ४० जीपीए ल्याएका छन् ।

यो वर्ष दोलखाबाट सामुदायिक संस्थागत गरी ९६ वटा विद्यालयका ३ हजार ४५ जना विद्यार्थी एसईई परीक्षमा सहभागी भएका थिए भने ७० जना अनुपस्थित थिए । गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा १९ परीक्षा केन्द्र तोकिएको थियो ।