हेटौँडा । रसुवाका सांसद प्रभात तामाङले बागमती प्रदेश सभामा शपथ लिन नपाउँदै मन्त्री पद गुमेको छ ।
मुख्यमन्त्री बहादुर सिं लामाले दुुई दिन अघि तामाङलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेपनि सपथ खान नपाई उनको मन्त्री पद गुमेको हो । मुख्यमन्त्री लामाले विहीवार सत्ता साझेदार दल एमालेसँग सल्लाह नगरी तामाङलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्तिको विषयमा आन्तरिक पार्टीमा विवाद हुनुका साथै एमालेले समेत असहमति जनाएपछि सपथ हुन सकेको थिएन ।
विहीवार नै साँझ सपथ ग्रहण हुने भनिएपनि विवादकै कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । बुधवार विना विभागीय मन्त्रीको हैसियतमा सपथ ग्रहण गरेका मन्त्री कुन्दनराज काफ्लेलाई आर्थिक मामिला मन्त्रालय दिने भनिएपनि मुख्यमन्त्री लामाले बिहिवार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कांग्रेसभित्र विवाद चुलिएको थियो ।
सो समयमा काफ्लेले आर्थिक मामिला मन्त्रालय माग गर्दै सपथ कार्यक्रम रोक्न दबाब दिएका थिए भने मुख्यमन्त्रीले आफुखुसी मन्त्री नियुक्त गरेको भन्दै एमाले पनि सपथ ग्रहण समारोहमा नबसि बाहिरिएको थियो । कांग्रेसले सात मन्त्री नियुक्त गरेपछि सहमति विपरित भन्दै सत्ता साझेदार दल एमालेले पनि असन्तुष्टि जनाएपछि सपथ ग्रहण कार्यक्रम नै स्थगित भएको थियो ।
विहीवार नै साँझ सपथ ग्रहण हुने भनिएपनि विवादकै कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । अन्ततः सांसद काफ्ले आर्थिक मामिला मन्त्रालय पाउन सफल भएका छन् । तर रसुवाका सांसद तामाङको आर्थिक मामिला मन्त्रालय मात्र नभई मन्त्रीको पद नै गुमेको छ । आर्थिक मामिला मन्त्री बनेसँगै सांसद तमाङलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओईरो लागेको थियो । यद्यपि उनको खुसी दुई दिन पनि टिक्न सकेन ।
अन्ततः सांसद काफ्ले आर्थिक मामिला मन्त्रालय पाउन सफल भएका छन् । तर रसुवाका सांसद तमाङको आर्थिक मामिला मन्त्रालय मात्र नभई मन्त्रीको पद नै गुमेको छ । प्रदेशका मुख्य मन्त्री लामाले आज कांग्रेसका चारजना मन्त्रीको सपथ गराएका छन् । मुख्यमन्त्रीले सांसद प्रभातको नामै मन्त्रीमण्डलबाट हटाएका हुन् ।
मन्त्रालय बाँडफाँडमा मन्त्रीहरुबीच विवाद भएपछि सांसद प्रभातले पार्टी केन्द्रसम्म नै दवाव सिर्जना गरेका थिए । सांसद प्रभातले सामाजिक सञ्जालमार्फत् रसुवाको लागि मन्त्री हुन नदिने षड्यन्त्र भएकाले पार्टी सभापति निवास बुढानीलकण्ठमा डेलिगेसन गर्ने बताएका थिए । रसुवाका सांसद प्रभात बागमती प्रदेशका नेता ईन्द्र बानियाँ निकट मानिन्छन् । बानियाँकै जोडबलमा मुख्यमन्त्री लामाले सांसद प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए ।
आर्थिक मामिला मन्त्री बनेसँगै सांसद तामाङलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओईरो लागेको थियो । यद्यपि उनको खुसी दुई दिन पनि टिक्न सकेन । आर्थिक मामिला मन्त्रालय त परै जाओस् उनको मन्त्री पद नै गुमेको छ । लामा नेपाली कांग्रेसबाट रसुवामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।