images
images

अरिङगालको टोकाईबाट रामेछापका एक वृद्धको मृत्यु

  • ११ भाद्र २०७९, शनिबार १६:१४

जिरी (दोलखा) । रामेछापमा अरिङ्गगालको टोकाईबाट एक वृद्धको मृत्यु भएको छ ।

अरिङ्गगालको टोकाईबाट जिल्लाको लिखु तामाकोसी गाउँपालिका ४ कल्लेरीका स्थानीय ७५ वर्षीय वृद्ध टेक बहादुर सिंगाजी मगरको मृत्यु भएको हो । हिजो साँझ करिब ५ बजे बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर मगर बेहोस भएका थिए । राती अवरेसम्म घर नआएपछि आफन्तले खोजीकार्य गर्ने क्रममा गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारको लागि धोवी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि काठमाडौं लैजाने क्रममा गएराती करिब ८ बजे बाटोमा नै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रहरीका अनुुसार अरिङ्गलले मगरको सबै भागमा टोकेको थियो ।