images
images

यी हुन् नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशमा उम्मेदवार बन्न नपाउने १४ नेता (विवरण सहित)

  • ११ भाद्र २०७९, शनिबार १६:३०

काठमाडौं । बागमती प्रदेशका १४ जना नेपाली कांग्रेसका नेता पुनः समानुपातिकतर्फ सांसद बन्न नपाउने भएका छन् ।

केन्द्रिय कार्यालयले २०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनःसमानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन दिएको हो । जस अनुसार बागमती प्रदेशका १४ जना नेताहरु समानुपातिकतर्फ सांसद बन्न नपाउने भएका छन् । कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थाका कारण प्रदेश १ मा १३, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा १४, गण्डकीमा ९, लुम्बिनीमा १२ जना, कर्णालीमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेताले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बन्न नपाउने भएका हुन् ।

बागमती प्रदेशबाट उम्मेदवार बन्न नपाउने नेता

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ्ग

न्हुच्छे नारायण श्रेष्ठ

सन्त बहादुर प्रजा

राधा घले

जीवन डंगोल

कल्पना नेपाली

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भिमसेन खत्री

गिता वाग्ले

बिजुला वर्मा

विजया श्रेष्ठ केसी