जिरी (दोलखा) । आगामी निर्वाचनमा नेपाली कांग्रेस दोलखाका नेता जिपछिरिङ लामा सहित ४० जना नेताहरु प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने भएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस दोलखाका नेता लामा र ४ जना मन्त्रीसहित ४० जना नेताहरुले दोहोरिएर प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने भएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार र सांसद बनेका नेताहरुलाई पुनः सिफारिस नगर्न निर्देशन दिएपछि लामासहितका नेताहरु समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् ।कांग्रेस केन्द्रीय कार्यालयले २०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन दिएको छ ।
जिरी नगरपालिकास्थित श्यामा स्थायी घर भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामा २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । समानुपातिकबाट उम्मेदवार बन्न नपाउने भएपछि उनले निर्वाचन लड्न चाहेमा प्रत्यक्षतर्फ निर्वाचन लड्नुपर्ने हुन्छ । कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
यी हुन्, प्रतिनिधि सभामा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने नेताहरु
बहादुर सिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ्ग
जीप छिरीङ्ग लामा
दिव्यमणी राजभण्डारी
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्वु
हिरा गुरुङ्ग
मिना सुब्बा
बालकृष्ण खाँण
दिलेन्द्रप्रसाद बडू
किशोर सिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
रामबहादुर विष्ट
सुजाता कोइराला
पुष्पा भुषाल गौतम
डा. डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
रंगमती शाही
पद्म नारायण चौधरी
पार्वता डि.सि. चौधरी
नमिता कुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइलि स्नेही
सुजाता परियार
लक्ष्मी परियार सेवा
विमला नेपाली
विनोद कुमार चौधरी
स्मृति नारायण चौधरी
नागेन्द्र कुमार राय
सीतादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
अतहर कमाल मुसलमान
सर्वत आरा खानम










