images
images

अमेरिका जान लागेका १७६ नेपाली ब्राजिलमा अलपत्र

  • ११ भाद्र २०८१, मंगलवार १८:५८

काठमाडौँ । अबैध बाटो हुँदै अमेरिका प्रवेश गर्न खोज्ने १७६ जना नेपाली ब्राजिलमा अलपत्र अलपत्र परेका छन् ।

ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका हुन् । मानव तस्करहरुले उनीहरुलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पु¥याएर अलपत्र पारेको बताईएको छ । साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरु रोकिएकोबारे ब्राजिलस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।

यसैबीच, ब्राजिलले आफ्नो मुलुक हुँदै तेस्रो राष्ट्र प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई कडाइ गरेको छ । ब्राजिलस्थित नेपाली दूतावासले ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने यात्रीका लागि नयाँ नियम बनेको भन्दै नेपालीलाई सचेत गराएको हो । दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरुपमा अमेरिका प्रवेश गर्ने उदेश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।