जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी सामुदायिक एफएम आजदेखि पाँचौ वर्षमा प्रवेश गरेको छ ।
जिरीमा रहेको जिरी सामुदायिक एफएम ९४ मेगाहर्ज आजदेखि चौथो वर्ष पूरा भएर पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७५ सालमा स्थापना भएको जिरी एफएम ४ वर्ष पूरा भएर ५ वर्षमा प्रवेश गरेको हो । सञ्चालक समितिले स्थापनादेखि हालसम्म रेडियोलाई साथ सहयोग गर्ने विज्ञापनदाता, श्रोता, सहयोगी, सुभेच्छुक लगायतलाई धन्यवाद ज्ञापन पनि गरेको छ । साथै समितिले आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको छ ।
जिरी ६ स्थित मानेडाँडामा रहेको जिरी सामुदायिक एफएमले समाचार र कार्यक्रमहरु उत्पादन गर्दै आएको छ ।










