दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जिल्लामा चाडपर्वको समयमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको बताउनुभएको छ ।
हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै डिएसपी पौडेलले यस्तो बताउनुभएको हो । चाडपर्वमा अपराधिक गतिबिधि हुन नदिन चनाखो रहेको भन्दै दोलखा प्रहरीले बिशेष सुरक्षा योजना बनाएको उहाँको भनाई छ । दशैँमा जुवातासको समस्या प्रमुख चुनौती हुने भन्दै डिएसपि पौडेलले यसलाई न्युनिकरण गर्न प्रहरीले सादा पोसाकमा छुट्टै मार्सल टोली खटाएको बताउनुभयो । उहाँले भिडभाड हुने, आर्थिक कारोवार हुने स्थानमा बढी प्रहरी परिचालित हुने भन्दै चाडपर्वमा जुवातास नियन्त्रणका लागि प्रहरीको प्रहलकदमि जारी रहने धारणा राख्नुभयो । रातको समयमा हुने चोरी, लुटपाट लगायतका घटना हुन नदिन सदरमुकाममा सिसि क्यामेराको समस्या रहेको भन्दै डिएसपी पौडेलको यस बिषयमा नगरपालिकासँग समन्वय भैरहेको बताउनुभयो । उहाँले अहिले बजार आसपास हाईमास लाईट र सेन्सर लाईट राख्ने काम भैरहेकाले यो समस्या छिट्टै समाधान हुने बिश्वास व्यक्त गर्नुभयो ।डिएसपि पौडेलले बजार क्षेत्रमा अवाञ्छित गतिबिधि हुँन नदिन प्रहरीको निगरानी भैरहने हुँदा कुनै टोलका मानिसहरु दशैँ मनाउन घर खाली गरेर जानुपर्ने भएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभएको छ ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जिल्लामा चाडपर्वको समयमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको बताउनुभएको छ ।दशैँमा जुवातासको समस्या प्रमुख चुनौती हुने भन्दै डिएसपि पौडेलले यसलाई न्युनिकरण गर्न प्रहरीले सादा पोसाकमा छुट्टै मार्सल टोली खटाएको बताउनुभयो । उहाँले भिडभाड हुने, आर्थिक कारोवार हुने स्थानमा बढी प्रहरी परिचालित हुने भन्दै चाडपर्वमा जुवातास नियन्त्रणका लागि प्रहरीको प्रहलकदमि जारी रहने धारणा राख्नुभयो । रातको समयमा हुने चोरी, लुटपाट लगायतका घटना हुन नदिन सदरमुकाममा सिसि क्यामेराको समस्या रहेको भन्दै डिएसपी पौडेलको यस बिषयमा नगरपालिकासँग समन्वय भैरहेको बताउनुभयो ।
प्रहरी नागरिकसँग हातेमालो गरेर अघि बढ्दा जटिल समस्याहरु समाधान गर्न सक्ने भएकाले प्रहरीलाई नागरिकको साथको आवश्यकता रहेको उहाँको भनाई छ ।प्रहरीले सबै होटल तथा पसलमा दैनिक अनुगमन गर्ने व्यवस्था समेत मिलाएको भन्दै उहाँले चाडपर्व शान्त ढंगले मनाउने वातावरण बनाउन स्थानीय प्रशासन र दोलखा प्रहरी प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।डिएसपी पौडेलले दशैँमा बढी भन्दा बढी नागरिकहरु शहरबाट गाउँ केन्द्रित हुने हुँदा यातायातको साधनमा चेकजाँचको व्यवस्था मिलाईएको भन्दै सिट क्षमताभन्दा बढी यात्रु ल्याएमा चालक वा सवारी धनी कानुनी दायरामा आउने बताउनुभयो । उहाँले लामो दुरीको यात्रा गर्दा छतमा यात्रा नगर्न र नगराउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।










