दोलखा । भारतले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत किन्न आनाकानी गरेको छ ।
नेपाल सरकारले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादित विद्युत किन्न निवेदन दिएपनि भारतले आनाकानी गरेको हो । माथिल्लो तामाकोशीमा चिनियाँ ठेकेदारले काम गरेका कारण तामाकोशीबाट उत्पादित विद्युत किन्न नसकिने भारतले प्रतिक्रिया दिँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सहित १३ वटा जलविद्युत आयोजनाको विद्युत बेच्न अनुमति मागेपनि भारतले अनुमति नदिएको हो । सरकारी र निजी क्षेत्रका समेत आयोजनाबाट उत्पादित बिद्युत किन्न नेपालले भारतलाई ५ पटकसम्म प्रस्ताव पठाइसकेको छ ।
भारतले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत किन्न आनाकानी गरेको छ । नेपाल सरकारले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादित विद्युत किन्न निवेदन दिएपनि भारतले आनाकानी गरेको हो । १३ वटा आयोजनाको ७ सय ६१ मेगावाट विद्युत किनबेचका लागि अनुमति दिएको छैन । प्राधिकरणले भारतसँग ३० मेगावाटको चमेलिया, ४५ मेगावाटको माथिल्लो भोटेकोशी र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले विद्युत बेच्ने अनुमति मागेको लामो समय भइसकेपछि भारतले अनुमति नदिएको छ ।
तर भारतीय विद्युत मन्त्रालयले भने अझै स्वीकृति दिएको छैन । भारतले विद्युत नकिन्ने भएपछि नेपालको विद्युत खेर जाने अवस्थामा पुगेको छ । चाडपर्व सुरु भएसँगै औद्योगिक क्षेत्रमा विद्युत खपत घटेपछि अहिले प्रतिदिन करिब २ सय मेगावाट सम्म विद्युत खेर जाने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
तत्काल डेढ सयदेखि २ सय मेगावाट विद्युत लैजान नेपालले भारतलाई आग्रह गरिरहेको र भारतीय पक्षले पनि आफु सकारात्मक रहेको बताइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार हाल भारतले ५ वटा सरकारी र एउटा निजी क्षेत्रको विद्युत आयोजनाबाट उत्पादित करिब ३ सय ६४ मेगावाट विद्युत मात्रै किनिरहेको छ । तर १३ वटा आयोजनाको ७ सय ६१ मेगावाट विद्युत किनबेचका लागि अनुमति दिएको छैन । प्राधिकरणले भारतसँग ३० मेगावाटको चमेलिया, ४५ मेगावाटको माथिल्लो भोटेकोशी र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले विद्युत बेच्ने अनुमति मागेको लामो समय भइसकेपछि भारतले अनुमति नदिएको हो ।










