images
images

दोलखा इन्टरनेश्नल च्याम्पियनसिपको ‘उपाधि’ द स्कोरियनको कब्जामा

  • ११ आश्विन २०७९, मंगलवार १९:४४

दोलखा । दोलखा इन्टरनेश्नल च्याम्पियनसिपको उपाधि द स्कोरियनले हात पारेका छन् ।

कालिञ्चोक माविको प्राङगणमा भएको म्याचमा नेपाली रेस्लर द युबलाई हराउँदैै द स्कोरियनले दोलखा इन्टरनेश्नल च्याम्पियनसिपको उपाधि हात पारेका हुन् । च्याम्पियन बनेका उनले दोलखाको पहिचान झल्किने तस्विर सहितको बेल्ट हात पारेका छन् । यस्तै दोस्रो म्याच नेपाली रेस्लर जुरेली र इन्डियन रेस्लर सिमरनबीच भएको थियो । निकै रोमाञ्चक बनेको यी दुई रेस्लरको खेलमा नेपाली रेस्लर जुरेलीले इन्डियन रेस्लर सिमरनलाई हराएकी छिन् ।

यस्तै ट्रयाक टिम म्याचमा नेपालका रेस्लर लजर्ड किङ र इन्डियन रेस्लर कमव्याक किङबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपाली रेस्लरलाई पराजित गर्दै इन्डियन रेस्लर विजयी भएका थिए भने इन्डियन रेस्लर स्वायग र अमित बीचको खेलमा स्वायग विजयी भएका थिए । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र दोलखा युवा सञ्जालको संयुक्त आयोजनामा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीतामा भारतीय, पाकिस्तानी र नेपाली गरी १८ जना खेलाडीले ९ वटा इभेन्टहरु खेलेका छन् ।

दोलखामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरिएको हो । प्रतियोगीताको बागमती प्रदेश सरकारका बन तथा वातावरणमन्त्री विशाल खड्काले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगीतामा युवा तथा खेलकुद मन्त्रालयका सचिव धु्रव गैंडा, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतको सहभागीता रहेको थियो । दशैं नजिकिएका बेला आयोजना गरिएको रेस्लिङ प्रतियोगीतामा निकै उत्साहजनक सहभागीता रहेको थियो ।