images
images

प्रगति साकोसको कुल पुँजी ६ करोड नाघ्यो

  • ११ आश्विन २०७९, मंगलवार १९:५९

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पास्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी ६ करोड नाघेको छ ।

प्रगति साकोसले आज २४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाको कुल पुँजी ६ करोड ८८ लाख पुगेको जानकारी गराएको हो । साकोसको शेयर पुँजी ६५ लाख २८ हजार ४ सय रुपैयाँ पुगेको छ भने ७६ लाख ८८ हजार ५ सय ८० रुपैयाँ जगेडा कोष रहेको छ । यस्तै साकोसको बचत ५ करोड ४५ लाख ८४ हजार ८ सय २२ रुपैयाँ र ४ करोड ८१ लाख ९८ हजार ४ सय ऋण लगानी गरेको प्रगति साकोसका सहायक व्यवस्थापक राजकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार साकोसको १ करोड ६६ लाख ८८ हजार २ सय ५५ रुपैयाँ बैंक मौज्दात छ । संस्थामा हाल १ हजार ६ सय ५० जा सदस्य आवद्ध रहेका छन् । जसमध्ये १ हजार १ सय ७३ जना सेयर सदस्य र ४ सय ७७ जना बालबचतकर्ता रहेका छन् ।

साधारणसभामा संस्थाका सचिव रामप्रसाद दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नाारायण कार्की आर्थिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक जीवसराज खड्का, भीमेश्वर नगरपालिका वडा नम्बर २ वडाध्यक्ष इस्टालिन श्रेष्ठ, भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारायणप्रसाद सेढाई, जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।