images
images

पहिलो पटक चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छापिँदै

  • ११ कार्तिक २०८१, आईतवार १४:५५

काठमाडौँ । नेपालमा पहिलो पटक चुच्चे नक्सा प्रयोग गरि सय रुपैयाँ दरको नोट छपाई हुने भएको छ ।

संविधान संशोधन गरि नेपालको चुच्चे नक्सा जारी भएपछि पहिलो पटक सोही नक्सा अंकित नोट छपाई हुने भएको छ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित सय रुपैयाँ दरको नोट छाप्ने जिम्म चिनियाँ कम्पनीलाई दिएको हो । ७ जेठ २०७७ मा संविधान संशोधनमार्फत नेपालले लिम्पियाधुरा, लिपुुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएको थियो । त्यसपछि नेपालसरकारले गत बैशाखमा नेपाल राष्ट्र बैंकलाई सय रुपैयाँ दरको नोटको डिजाईन परिवर्तन गर्न स्वीकृति दिएको थियो ।

सय रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकाले संविधान संशोधनसँगै सय रुपैयाँ दरको नोटको डिजाईन पनि परिवर्तन गर्नुपर्ने भएको हो । जसअनुसार डिजाईन परिवर्तन गरि चुच्चे नक्सा अंकित सय रुपैयाँ दरको नयाँ नोट छपाई गरेर दिने जिम्मा चिनियाँ कम्पनीले पाएको नेपाल राष्ट्र बैंकले आज सूचना जारी गर्दै जानकारी गराएको छ ।

एक सय रुपैयाँको ३० करोड नोट छाप्नका लागि चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पाेरेशनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो । एक सय रुपैयाँको ३० करोड वटा नोट छपाईका लागि चिनिया कम्पनीले ८९ लाख ९६ हजार ५ सय ९२ अमेरिकी डलर अर्थात २० करोड रुपैयाँको लागत पेस गरेको थियो । सो आधारमा प्रति नोट लागत चार रुपैयाँ ०४ पैसा हुने भएको छ ।