काठमाडौं । न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि दोलखा सहित ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नाम सिफारिस गरेको छ ।
अगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि न्याय परिषदले दोलखा सहित ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । जसअनुसार दोलखाको गौरीशंकर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश माधव प्रसाद सुवेदीलाई सिफारिस गरिएको छ ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।