काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव सिर्जना भएको छ ।
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव सिर्जना भएको हो । नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन् । यसै लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन् । तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुन तनावग्रस्त भएको हो ।
तनावपछि करिब एक घण्टादेखि रोकिएको साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल अहिले पुनः सुरु भएको छ । खेल सुरु भए लगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् ।
यसअघि पनि नेपालकी खेलाडी रेखा पौडेलले रेड कार्ड पाएपछि खेल १२ मिनेट रोकिन पुगेको थियो । नेपालकी खेलाडी पौडेलले रेड कार्ड पाएपछि अहिले नेपाली टोली १० खेलाडीमा सीमित भएको छ ।