images
images

१ सय ५४ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सावर्जनिक

  • ११ मंसिर २०७९, आईतवार ०६:५१

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार कु्ल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५४ वटा सिटको टुंगो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जित हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् । साथै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुत्ति पार्टीले ३ क्षेत्र तथा पाँच स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाई हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा हिजो पुन मतदान भएकाले मतगणनामा ढिलाई भएको छ । हालसम्म दोलखा स्याङजा, सुनसरी, बाजुरा, इलाम, उदयपुर, महोत्तरी र रामेछापको नतिजा आउन सकेको छैन ।