images
images

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा तमाङ निर्वाचित

  • ११ मंसिर २०७९, आईतवार ०७:२४

दोलखा ।रामेछापबाट नेपाली कांग्रेसका उम्मेदवार पुर्णबहादुर तमाङ (कान्छाराम) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भारी मतान्तरले नेकपा एमालेका उम्मेदवार पुर्वमन्त्री समेत रहेका कैलाश प्रसाद ढुंगेललाई पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । कान्छारामले ढुंगेललाई १६ हजार ३ सय ६९ मतले पराजित गरेका छन् । प्रतिनिधिसभा तर्फको मत गणना सकिँदा कान्छारामले ४९ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कैलाश प्रसाद ढुंगेलले ३० हजार ७ सय २९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस जिल्ला सभापति समेत रहेका कान्छाराम २०७४ को प्रतिनिधिसभा सदस्यमा रामेछापबाट पराजित भएका थिए भने एमालेका ढुंगेल बागमती प्रदेशको प्रदेशसभामा निर्वाचित भएका थिए । यसपटक उनले ढुंगेलसँग बदला लिएका हुन् ।