images
images

बागमती प्रदेशका ४१ निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

  • ११ मंसिर २०७९, आईतवार ०८:०८

हेटौंडा । बागमती प्रदेशका ४१ निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशको ६२ मध्ये ४१ निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । हालसम्म प्रत्यक्षतर्फका ६६ मध्ये ६२ क्षेत्रको मतगणना सकिएको छ । जसमा ४१ निर्वाचन क्षेत्रमामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ६२ मध्ये २३ स्थानमा जित्दै प्रत्यक्षतर्फ प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । माओवादीले १२ तथा एकीकृत समाजवादीले ५ स्थानमा जित निकालेका छन् । यस्तै, १३ स्थानमा एमाले, सात स्थानमा राप्रपा, नेपाल किसान पार्टी, हाम्रो नेपाली पार्टी १/१ स्थानमा विजयी भएका छन् । यसलाई हेर्दा बागमती प्रदेशमा सरकार बनाउन सत्ता गठबन्धनले सहज बहुमत ल्याउने सम्भावना देखिएको छ ।

प्रदेशका ५ जिल्लामा गठबन्धन उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभामा क्लिनस्विप गरेका छन् । रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक नुवाकोट र रसुवामा गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् । काभ्रेमा प्रदेशसभामा गठबन्धनका चारैजान विजयी भएपनि प्रतिनिधिसभामा भने दुई मध्ये एक सिटमा मात्र गठबन्धन विजयी भएको छ । दोलखामा मतगणना गर्ने कि पुन मतदान गर्ने विवाद छ ।