images
images

प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा ४१ जना माओवादी उम्मेदवार निर्वाचित

  • ११ मंसिर २०७९, आईतवार ११:३६

काठमाडौं । प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा ४१ जना माओवादी उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभाका प्रत्यक्षतर्फ ३ सय ३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा हालसम्म नेकपा माओवादी केन्द्रका ४१ जना उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सावर्जनिक गरेको प्रदेशसभाको प्रत्यक्षतर्फको नतिजा अनुसार माओवादी केन्द्रका ४१ जना उम्मेदवार निर्वाचित भएका छन् । जसअनुसार प्रदेश १ मा ६ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना निर्वाचित भएका छन् । सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धन र केही क्षेत्रमा एकल गरेर माओवादी केन्द्रले प्रदेशसभाका १ सय १२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै २४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो । यस्तै प्रदेश १ मा १९, लुम्बिनीमा १८, मधेश प्रदेशमा १७, गण्डकी प्रदेशमा १२, सुदुरपश्चिम प्रदेशका १२ र कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।