images
images

मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न दोलखा कांग्रेसको माग

  • ११ मंसिर २०७९, आईतवार २१:०३

दोलखा । दोलखाका १० मतदान केन्द्रमा पुन निर्वाचन हुने भएपछि नेपाली कांग्रेसले मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न माग गरेको छ ।

नेपाली कांग्रेस दोलखाले विज्ञप्ती जारी गरी मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न माग गरेको हो । कांग्रेस दोलखाका सभापति एवँ दोलखा प्रदेशसभा २ वाट उम्मेदवार बनेका बर्मा लामाले बिज्ञप्ति जारी गरी मुख्य निर्वाचन अधिकृतको अर्को व्यवस्था गर्न माग गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठ डिल्लिरत्न श्रेष्ठ एमालेको प्रभाव र आर्थिक प्रलोभनमा परी नागरिकको अभिमत लत्याएको कांग्रेसले आरोप लगाएको छ ।

जिल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपनि एमाले षड्यन्त्रपूर्ण प्रपञ्च रचेर नागरिकले स्वतन्त्रपूर्ण गरेको मतदानलाई स्विकार गर्न नसक्नु दुःखद भएको कांग्रेको भनाई छ । कांग्रेस दोलखाले निर्वाचनमा षड्यन्त्र भएको भन्दै मुख्य निर्वाचन अधिकृतको अर्को व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णय पक्षपाति आरोप लगाउँदै प्रतिरोध गर्ने र कानूनी उपचार खोज्ने बताएको छ ।