हेटौँडा । बागमती प्रदेशमा कार्यरत चार जना सहसचिवको सरुवा भएको छ ।
सरकारले हिजो एकै पटक ७१ जना सहसचिवको सरुवा गर्दा बागमती प्रदेशका ४ जनाको पनि सरुवा भएको हो । जसअनुसार बागमती प्रदेशबाट सुशील ढकालको सत्य निरुपण तथा मेलमिलाप आयोग, तीर्थराज भट्टराईको गण्डकी प्रदेश र बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका अमृत श्रेष्ठको बागमती प्रदेशकै सहरी विकास मन्त्रालयमा सरुवा भएको छ । यस्तै, बागमती प्रदेशको योजना आयोगबाट बलराम निरौलाको बागमती प्रदेशकै श्रम मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी बागमती प्रदेशमा गृह मन्त्रालयबाट हुमकला पाण्डे, सुदूरपश्चिम प्रदेशबाट ज्ञानप्रसाद ढकाल, पर्यटन मन्त्रालयबाट राजेन्द्रकुमार केसी, वन तथा वातावरण मन्त्रालयबाट धीरेन्द्रकुमार प्रधान र सहरी विकास मन्त्रालयबाट माधवप्रसाद भट्टराई आउने भएका छन् । उनीहरुलाई बागमती प्रदेशमा पठाइएको हो ।