सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ ।
मलंगवा नगरपालिका ९ स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५÷६ महिनाका दुई शिशुको शव फेला परेको हो । बाटो हिड्ने स्थानीयले जुम्लाहा शिशु फोहोरको थुप्रोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरेर ति शिशु फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाहीका सूचना अधिकारी दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो । शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको डिएसपी पञ्जियारले बताउनुभयो ।