सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा प्लाष्टिक र सलमा पोको पारी फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
तिनपाटन गाउँपालिका–१० धाप्रेस्थित दंगेली सामुदायिक वनमा नवजात बालक शिशुको शव भेटिएको हो । प्लाष्टिक र सलमा पोको पारी फालिएको अवस्थामा अन्दाजि ४/५ महिनाको शिशुको शव भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चकमकेमा पठाइएको छ । जंगलमा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।










