काठमाडौँ । फिल्म ‘बुलाकी’लाई सर्वश्रेष्ठ चलचित्र पुरस्कार प्रदान गरिएको छ ।
यो वर्षको राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत बुलाकीले सर्वश्रेष्ठ चलचित्र पुरस्कार पाउन सफल भएको हो ।
सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई प्रदान गरिएको छ । ‘दिमाग खराब’ फिल्मका लागि उनलाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड प्रदान गरिएको हो ।
यस्तै विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र स्वस्तीमा खडकाले सर्वश्रेष्ठ अभिनेतृको अवार्ड पाएकी छिन् । कार्कीलाई ‘प्रसाद २’ बाट र खडकालाई ‘दिमाग खराब’ फिल्मबाट सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरिएको हो । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा फिल्मकर्मीहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड भने फिल्म ‘जारी’ले प्राप्त गरेको छ ।