images
images

काठमाडौंमा कारले ठक्कर दिँदा स्कुटर चालक लिखु गाउँपालिकाका युवकको मृत्यु

  • ११ मंसिर २०८२, बिहीबार १२:१२

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारको ठक्करबाट ओखलढुंगाका स्कुटर चालकको मृत्यु भएको छ ।

बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको लिखु गाउँपालिका–९ का ३४ वर्षीय सन्तोष खड्काको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको हो ।

गएराति भएको सो दुर्घंटनामा गम्भीर घाईते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । सोही दुर्घटनामा दुई जना घाईते भएका छन् । दुर्घटनामा घाईते भएका स्कुटरमा सवार दुईजना मध्ये एक जनाको सोही अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।