images
images

एमाले दोलखाद्धारा निर्वाचनमा अन्र्तघात गर्नेको विवरण पठाउन तल्लो कमिटीलाई निर्देशन

  • १२ पुष २०७९, मंगलवार १५:०३

दोलखा । नेकपा एमाले दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्र्तघात गर्नेको विवरण पठाउन तल्लो कमिटीलाई निर्देशन दिएको छ ।

सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा बसेको एमालेको जिल्ला कमिटी बैठकले निर्वाचनमा घात/अन्र्तघात गर्ने, असहयोग गर्ने र विपक्षलाई सहयोग गर्नेको विवरण पठाउन तल्लो कमिटीलाई निर्देशन दिएको हो । एमाले दोलखाले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको प्रतक्ष्यतर्फको निर्वाचनमा धाँधली भएको र कार्यकर्ताबाटै असहयोग भएर पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएको छ । प्रतिनिधिसभा सदस्यका लागि भएको प्रतक्ष्यतर्फको निर्वाचनमा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी झिनो मतान्तरले मात्रै पराजित हुनुको मुख्यकारण एमालेभित्रकै अन्र्तघात भएको आरोप लाग्दै आएका बेला एमालेले जिल्ला कमिटी मातहतका निकायलाई विवरण पठाउन भनेको छ ।

बैठकमा नेकपा एमालेका जिल्ला कमिटीदेखि वडा कमिटीसम्मका नेता कार्यकर्ताले रिपोर्टिङ गरेका थिए । यस्तै एमालेले गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अन्र्तघात गर्नेमाथि छानविन गर्न गठित छानविन समितीलार्ई २१ दिनभित्र विवरण बुझाउन आग्रह गरिएको नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले जानकारी दिनुभयो । शनिवारदेखि सुरु भएको बैठक सोमबार अवेर मात्रै सकिएको थियो । यसअघि नेपाली कांग्रेस दोलखाले पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्र्तघात गर्नेको विवरण तयार पार्ने जिम्मेवारी पार्टी सभापति बर्मा लामालाई दिएको थियो ।