images
images

संघीय संसदको पहिलो अधिवेशन आह्वान

  • १२ पुष २०७९, मंगलवार १६:३४

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले पुस २५ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि संघीय संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । यो पटक प्रतिनिधिसभामा १२ वटा राजनितिक दल र चार जना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहनेछ ।