
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाकी एक महिला भैंसीले हानेर गम्भिर घाईते भएकी छिन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीकी कालिका भण्डारी आफैंले पालेको भैंसीले हानेर गम्भिर घाईते भएकी हुन् । आज दिउँसो भैसी सार्ने क्रममा उनलाई भैंसिले हानेको थियो । भैसिको सिङले उझिनेपछि उनी भुँईमा ढलेकी थिइन् । भुँइमा ढलिरहेकी श्रीमतिलाई उनका श्रीमान र छरछिमेकले तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम चरिकोटमा रहेको पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याएका थिए ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ । उनको शरीरबाट रगत धेरै गइसकेको र चोट निकै गहिरो देखिएकाले उनलाई काठमाडौं रिफर गरिएको चिकित्सकहरुले बताएका छन् ।