images
images

दोलखाको एक सहित दुई जलविधुत कम्पनीलाई एक करोड कित्ता सेयर निष्कासन गर्न अनुमति प्राप्त

  • १२ पुष २०७९, मंगलवार २०:२५

जिरी (दोलखा) । दोलखाको एक सहित दुई जलविद्युत कम्पनीले एक करोड ६ लाख कित्ता बढी साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति पाएका हुन् । दोलखाको गौरीशंकर गाउँपालिकास्थित मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड र सानिमा मिडील तमोर हाइड्रो पावर लिमिटेडले १ करोड ६ लाख ११ हजार २ सय ५० कित्ता सेयर निष्कासन गर्न पुस ७ गते अनुमति पाएका छन् । बोर्डका अनुसार सो कम्पनीले क्रमशः २२ लाख ८० हजार कित्ता र ८३ लाख ३१ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएका हुन् ।

मकर जितुमायाले दोलखामा सञ्चालनमा रहेको ७ मेगावाटको माथिल्लो सुरीको प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीका अनुसार निष्कासनको तयारी गरेको सेयरमध्ये ७ लाख ६० हजार कित्ता स्थानीयका लागि र बाँकी १५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको सेयर प्रभु क्यापिटल लिमिटेडले बिक्री तथा बाँडफाँड गर्नेछ ।