images
images

चिसोका कारण सुत्केरी महिलाको मृत्यु

  • ११ पुष २०८०, बुधबार १५:२३

जाजरकोट । जाजरकोटमा चिसोका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको चिसोका कारण मृत्यु भएको हो । २४ दिनअघि मात्रै जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालमुनि बस्दै आएकी थिइन् । पछिल्लो समय अत्यन्तै चिसो बढेका कारण उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो ।