images
images

जिपछिरिङ लामा बने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्य

  • १४ माघ २०७८, शुक्रबार १३:०४

दोलखा । नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकवाट केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

कांग्रेसले आज गरेको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय १३ पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्य समेटिएका छन् । सो समितिमा दोलखा कांग्रेसका नेता जिप्छिरिङ लामा पनि परेका छन् । पार्टी सभापति शेरवहादुर देउवाको निर्देशनमा महामन्त्रि गगन थापाले गरेको प्रस्तावमा नेता लामाको नाम पनि समेटिएको हो । कांग्रेस केन्द्रीय समितिका १३ जना सदस्य कार्यसम्पादन समितिमा समेटिदा लामा पनि परेका छन् । नेता लामा कांग्रेसको राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । दोलखा कांग्रेसको इतिहासमा स्वर्गीय नेता भिमवहादुर तामाङपछि केन्द्रीय कार्यसम्पादन समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने लामा पहिलो व्यक्ति हुन् । दोलखाको जिरी नगरपालिका–१ स्यामा स्थायी घर भएका लामा पेशाले निर्माण व्यवसायी भएपनि पछिल्लो समय कांग्रेस राजनीतिमा बढी सक्रिय छन् । कांग्रेसको कोटामा समानुपातिक सांसद भईसकेका लामा पछिल्लो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा दोलखावाट उम्मेदवार बनेर पराजित भएका थिए ।

कांग्रेस केन्द्रीय समितिका १३ जना सदस्य कार्यसम्पादन समितिमा समेटिदा लामा पनि परेका छन् । नेता लामा कांग्रेसको राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । दोलखा कांग्रेसको इतिहासमा स्वर्गीय नेता भिमवहादुर तामाङपछि केन्द्रीय कार्यसम्पादन समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने लामा पहिलो व्यक्ति हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारीहरु स्वतः पदेन सदस्य हुने छन् । कांग्रेसमा अहिले १३ पदाधिकारी महाधिवेशनवाट निर्वाचित भएका छन् भने कोषध्यक्ष मनोनित हुन बाँकी छ । केन्द्रीय सदस्यहरु मध्येवाट १३ जना कार्य सम्पादन समितिमा समेटिदा दोलखाका नेता जिप्छिरिङ लामा पनि परेका हुन् । कांग्रेस विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति बन्ने भएपनि शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ जनालाई मात्र समेटेको छ । सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्न पाउने व्यवस्था भएपनि पहिलो चरणमा २४ जनालाई मात्र कार्यसम्पादन समितिमा चयन गरिएको हो । कांग्रेस केन्द्रीय सदस्यमा अझै २० जना मनोनित गर्न बाँकी रहेका कारण सभापति देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएका हुन् ।

कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा बिभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ । कांग्रेस केन्द्रीय समिति १६८ हुनेछ । केन्द्रीय समिति सदस्य संख्या धेरै भएका कारण कार्यसम्पादन समिति गठन गरिएको हो ।