images
images

मुलुकको राजनिति गोलचक्करमा फँसेको छः अध्यक्ष नेपाल

  • १४ माघ २०७९, शनिबार १९:०३

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको राजनिति गोलचक्करमा फँसेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश सकरी निस्कने त्यो चिन्ताको विषय भएको बताउनुभयो । नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकार आएपछि अहिले तमासा भइरहेको बताउनुभयो । नेकपा एमालेमा असहिष्णु र संकिर्ण सोच रहेकाले एमालेले राष्ट्रपति पाएमा उसलाई कसैले छुन नसक्ने अध्यक्ष नेपालको भनाई छ ।
अर्को प्रसंगमा नेता नेपालले नेपाली कांग्रसलाई पार्टी नै नभएको आरोप लगाउनुभयो । कांग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी भएको बताउनुभयो । कांग्रेस वा गैरकांग्रेस को राष्ट्रपति हुने भन्ने विषय छलफलको विषय भएको भन्दै अध्यक्ष नेपालले सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने मनस्थिति भएपछि गठनबन्ध तोड्नुपर्ने बाध्यता भएको बताउनुभयो ।