images
images

बाबुछोरा एकैसाथ जनप्रतिनिधिः यस्ता छन् अवसर र चुनौती

दोलखाको राजनीतिमा अनौठो संयोग जुरेको छ । बाबुछोरा एकै बर्ष जनप्रतिनिधि बन्ने अवसर पाएका छन् । माओवादी जनयुद्धमा भूमिगत बनेका गंगा कार्की ‘विस्व’ र उनका छोरा विश्वास कार्की एकै बर्ष जनप्रतिनिधि बन्ने अवसर पाएका हुन् ।

गंगा भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभाको सांसद बनेका छन् । उनका छोरा विश्वास स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाका अध्यक्ष बनेका छन् । जनयुद्धकालमा दोलखाबाट भूमिगत भएका पाँच संस्थापक नेतामध्ये एक विश्वका पत्नी, छोराहरु सहित स–परिवार जनयुद्धकालमा भूमिगत भएका थिए । अखिल क्रान्तिकारीका राजनीतिमा सक्रिय उनका छोरा विश्वास उमेरका हिसावले पनि दोलखाका कान्छा पालिका प्रमुख पनि हुन् । राजनीतिक योगदान र संयोगले दुबै बाबुछोरालाई एकैवर्ष जनप्रतिनिधि बन्न सफल भएका हुन् ।

गंगाको काँधमा सिंगो जिल्लाको विकास निर्माणको प्रतिनिधित्व गर्नुका साथै माओवादी केन्द्रलाई जिल्लामा थप बलियो बनाउनु पर्ने जिम्मेवारी पनि छ । जनअपेक्षा अनुसार काम गर्न सके गंगाले जिल्लाको साझा नेताको दर्जा पाउनुका साथै माओवादी केन्द्र दोलखाको संगठन समेत बलियो बन्दै जानेछ । तर, उनले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेनन् भने ओरालो यात्रा त्यहीबाट सुरु हुनेछ । उनलाई माओवादी केन्द्रसँगै नेपाली कांग्रेश र नेकपा एकीकृत समाजवादीको समेत मत प्राप्त भएकाले यी दुई दलको भावनालाई समेत समेट्नु पर्ने चुनौती छ । 

बाबुछोरा दुवै एकै बर्ष जनप्रतिनिधि बन्ने अवसर जुरेपनि उनीहरुका सामू चुनौतीको चाङ भने गौरीशंकर जत्तिकै अग्लो छ । गंगाको काँधमा सिंगो जिल्लाको विकास निर्माणको प्रतिनिधित्व गर्नुका साथै माओवादी केन्द्रलाई जिल्लामा थप बलियो बनाउनु पर्ने जिम्मेवारी पनि छ । जनअपेक्षा अनुसार काम गर्न सके गंगाले जिल्लाको साझा नेताको दर्जा पाउनुका साथै र माओवादी केन्द्र दोलखाको समेत संगठन बलियो बन्दै जानेछ । तर, उनले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेनन् भने ओरालो यात्रा त्यहीबाट सुरु हुनेछ । गत मंसिरमा सम्पन्न निर्वाचनमा गंगा ३ सय १७ मतान्तरले विजयी भएका थिए । उनलाई माओवादी केन्द्रसँगै नेपाली कांग्रेश र नेकपा एकीकृत समाजवादीको समेत मत प्राप्त भएकाले यी दुई दलको भावनालाई समेत समेट्नु पर्ने चुनौती छ । सांसद बनेको यो छोटो अवधिमा मुल्यांकन गर्ने बेला भएको छैन । तर, उनका सामु समग्र जिल्लाको विकास र समृद्धिको बिषय जोडिएको छ । जनताका आशा र अपेक्षाहरु धेरै छन् । त्यसलाई पूरा गर्न सकिएन भने उनको लोकप्रियतामा प्रश्न उठ्ने छ ।

विश्वका छोरा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की यस्तो भूगोलबाट निर्वाचित भएका छन् जुन भूगोल एमाले पोलिट्व्यूरो सदस्य एवँ पूर्ब मन्त्री पार्वत गुरुङको गृहपालिका हो । यसअघि एमालेले बिजय हात पारेको गौरीशंकरमा उसको प्रतिपक्षको भूमिका सशक्त हुने निश्चित छ । जलबिद्युत आयोजना र स्रोतको प्रचुर सम्भावना रहेको गौरीशंकरमा उनले न्यायोचित वितरण र विकासमा समानता कायम गर्न सक्लान् वा नसक्लान् ? यसमा उनी रड्किए भने गौरीशंकरमा माओवादीले जनविस्वास गुमाउने छ । गाउँपालिका प्रमुख बनेर जनताको सेवक बन्ने अवसर पाएका विश्वासका सामु पनि कम चुनौती छैनन् ।

कार्यपालिकामा बहुमत प्राप्त गाउँपालिका अध्यक्ष विस्वासको नेतृत्वमा हुने स्थानीय सरकारका कामकारवाहीलाई चासोका साथ हेरिएको छ । जनप्रतिनिधि बनेर राम्रो काम गरे उनको राजनीतिक भविष्य थप उज्वल बन्नेछ र अवसरका ढोकाहरु आफै खुल्दै जाने छन् । यसले उनलाई सफल युवा नेताको रुपमा परिचित गराउँदै एउटा इतिहास कायम गराउने छ । यदी उनी चुके भने युवाअवस्थामै असफल नेता सावित हुने छन् ।

कार्यपालिकामा बहुमत प्राप्त गाउँपालिका अध्यक्ष विस्वासको नेतृत्वमा हुने स्थानीय सरकारका कामकारवाहीलाई चासोका साथ हेरिएको छ । जनप्रतिनिधि बनेर राम्रो काम गरे उनको राजनीतिक भविष्य थप उज्वल बन्नेछ र अवसरका ढोकाहरु आफै खुल्दै जाने छन् । यसले उनलाई सफल युवा नेताको रुपमा परिचित गराउँदै एउटा इतिहास कायम गराउने छ । यदी उनी चुके भने युवाअवस्थामै असफल नेता सावित हुने छन् । गौरीशंकर गाउँपालिका पूर्ब अध्यक्ष स्वयम्बहादुर खड्का आफ्नो कार्यकालमा भएका थुप्रै अधुरा काम पूरा गर्ने जिम्मेवारी अहिलेको नेतृत्वको काँधमा आएको बताउनुहुन्छ । ‘गौरीशंकरमा थुप्रै श्रोत साधन र अवसरहरु छन्, त्यसलाई सदुपयोग गर्दै अहिलेको सरकारले जनताको पक्षमा कसरी काम गर्छ ?’ पूर्व अध्यक्ष खड्का भन्नुहुन्छ, ‘उहाँहरुका निर्णय र कामकारवाहीलाई नजिकवाट हेरिरहेका छौं ।’

नेकपा माओवादी केन्द्रका पूर्ब जिल्ला संयोजक गोपाल पाण्डे माओवादीको मात्र नभई गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी परिणाम आईसकेपछि गंगाको भूमिका अझ शसक्त हुनुपर्ने सुझाव दिनुहुन्छ । नेता पाण्डेले नेकपा माओवादी केन्द्र दोलखाका संस्थापक नेता समेत रहेका गंगाले जनताले दिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनुभयो । माओवादी केन्द्रका निर्वाचित जनप्रतिनिधिले समग्र अवसरलाई साझा ढंगले उठाउन सके कार्यकर्ताको मनोवल समेत माथि उठ्ने अन्यथा व्यक्ति, पार्टी संगठन कमजोर हुनुका साथै जनताको अवस्थामा समेत सुधार हुन नसक्ने उहाँको भनाई छ ।

गंगालाई जिताउन शसक्त भूमिका निर्वाह गरेको सहयात्री दल नेपाली कांग्रेश पनि हो । नेपाली कांग्रेश दोलखाका सभापति बर्मा लामाले मानोमा पाथी हालेर गंगालाई जिताएको भन्दै हिजोको गठबन्धनका नेता कार्यकर्ता तथा जिताउन भूमिका निर्वाह गर्ने जनताको भावनाको सम्बोधन गर्नु पर्ने जिम्मेवारी रहेको प्रतिक्रिया दिनुभयो । चुनावी गठबन्धनको भावनालाई समेटेर सवैसँग सहकार्य गर्दै जनअपेक्षा वमोजिम काम गरे गंगाको नाम इतिहासको पानामा लेखिने अन्यथा कुनै एउटा पार्टीको नेता मात्रै बन्ने कांग्रेश सभापति लामाको भनाई छ ।