images
images

धनकुटा महोत्सवमा भागदौडः १३ जना घाइते, तीनको अवस्था गम्भीर

  • १४ माघ २०७९, शनिबार २१:५६

बिराटनगर । धनकुटा महोत्सवमा भागदौड हुँदा १३ जना घाईते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

धनकुटाको तल्लो टुँडिखेलमा आयोजित महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने कार्यक्रम थियो । महोत्सवमा अत्यधिक भीड लागेको र कार्यक्रमस्थलमा छिर्न ठेलमठेल भएपछि ढोकामा च्यापिएर १३ जना घाइते भएका हुन् । घाइते हुनेमा केही महिला र बालबालिका छन् । घाइतेहरुलाई धनकुटा अस्पताल र धरानस्थित विपि कोइराला प्रतिष्ठानमा लगेर उपचार भइरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता एसपी नविनराज राईले भागदौडमा १३ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर छ ।

धनकुटा महोत्सव माघ ६ गतेवाट सुरु भएको थियो । माघ १६ गते सकिने महोत्सवमा भागदौडका क्रममा मानिस घाइते भएपछि स्थगित भएको छ ।