
जिरी(दोलखा) । सोनाम ल्होछार मनाउन दोलखाको दुई पालिकाले स्थानीय विदा दिएका छन् ।
मेलुङ र बैतेश्वर गाउँपालिकाले १८ गते स्थानीय विदा दिएको हो । दुई पालिकाले सूचना जारी गरी १७ गते सोनाम ल्होसारको दिन सरकारले दिने सार्वजनिक विदामा एक दिन स्थानीय विदा थप गरेको जनाएका छन् ।
मेलुङ र बैतेश्वरका पालिका अध्यक्ष दुवै तामाङ समुदायका जनप्रतिनिधि हुन् । मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ र बैतेश्वरका अध्यक्ष छवि लामाले आज सूचना जारी गर्दै १८ गते स्थानीय विदा दिएको बताएका छन् । उनीहरुले तामाङ समूदायलाई ल्होछारको शुभकामना समेत व्यक्त गरेका छन् ।