images
images

बनेपाको पुलबजारमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु फेला

  • १६ फाल्गुन २०७८, सोमबार ०८:३९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा पुलबजारमा नो एमसीसी लेखिएको शंकास्पद बस्तु फेला परेको छ ।

अरनिको लोकमार्ग अन्र्तगत काभ्रेको पुलबजारमा आज शंकास्पद बस्तु फेला परेको हो । सडकमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सवारी आवागमन रोकेको छ । यात्रा गर्नेहरुलाई प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ । नो एमसीसी लेखिएको शंकास्पद बस्तु बम हुनसक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । प्रतिनिधिसभाबाट हिजो एमसीसी अनुमोदन भएको थियो ।