
काठमाण्डौं । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
राष्ट्रिय जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै जनमोर्चाले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । एमसीसी पारित भएपछि जनमोर्चा पाँचदलीय गठबन्धनबाट अलग हुने पहिलो पार्टी बनेको छ ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीको प्रतिगमनका विरुद्ध मात्रै पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन्।