images
images

राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गर्दै एमालेलाई कांग्रेसको पत्र

  • १६ फाल्गुन २०७९, मंगलवार ०८:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट दिन आग्रह गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनुभएको छ ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेलका लागि ओलीसँग भोट माग्नुभएको हो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले भोट मागेको पत्र ओली निवास बालकोट पुगेर बुझाउनु भएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

यसअघि एमाले अध्यक्ष ओलीले पनि कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदारलाई सघाउन आग्रह गर्नुभएको थियो ।