images
images

जबरजस्तीकरणी गरेको अभियोगमा मेलुङका एक युवक पक्राउ

  • १६ फाल्गुन २०७९, मंगलवार १७:३१

भक्तपुर । भक्तपुरमा एक किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा दोलखाका एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्दै आएका २३ वर्षीय जय थापा भनिने श्री थापालाई पक्राउ गरेको हो । फागुन ७ गते राति ती किशोरीलाई थापाले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भनी पिडित पक्षले उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्रहरीवृत्त थिमिबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो थिमिबाट पक्राउ गरेको हो । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

नक्कली सवारी चालक अनुमति पत्र बनाउने प्रहरी नियन्त्रणमा

नक्कली सवारी चालक अनुमति पत्र बनाउने रामेछापका एक पुरुष  पनि भक्तपुरबाट पक्राउ परेका छन् । प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा रामेछापको सुनापति गाउँपालिका ५ घर भइ हाल भक्तपुरको ब्यासी बस्दै आएका २८ वर्षीय नविन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले ए बी वर्गको सवारी चालक अनुमति पत्रलाई ए बी एफ र जि वर्गको नक्कली सवारी चालक अनुमति पत्र बनाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौँका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।