images
images

बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु

  • १६ फाल्गुन २०७९, मंगलवार १८:४०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककी एक बालिकाको बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

जुगल गाउँपालिका वडा नम्बर ३ की १४ वर्षिया नुर्जी वाङमु तमाङको आज बारीमा आलु रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । आज दिउँसो आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण लाइनको तार छुँदा एक्कासि करेन्ट लागेर उनको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर ति बालिकाको दाहिने घुँडाको पुरै भाग जलेको थियो । मृतक बालिकाको शव हाल घटनास्थलमै रहेको छ ।