काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आवहान गरिएको छ ।
अर्थ मन्त्रालय धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै यस्तो आवहान गरेको हो । बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्धारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको छ । न्यूनतम योग्यता भएका व्यक्तिले आजदेखि १५ दिनभित्र आवेदन दिन सक्ने भएका छन् ।










