
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरुको कार्यविभाजनप्रति असहमति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहानदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेता शर्माले लिखितरुपमै असन्तुष्टि जनाउँदै फरक मत राखेका हुन् । उनले प्रदेश ईन्चार्जहरु हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन् । उपमहासचिव शर्माले फरक मत जाहेर गर्दै बिधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा बिधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई वेवास्ता गरी बिधि बिहिनतालाई निरन्तरता दिने उद्धेश्य देखिनु दुखद कुरा भएको उल्लेख गरेका छन् । विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्नुपर्ने नेता शर्माको माग छ ।