images
images

दोलखा र रामेछापमा आगलागीबाट १४ घर जलेर नष्ट, करोडौंको क्षति

जिरी (दोलखा) । हावाहुरी र सुक्खा मौसम सुरु भएपछि दोलखा र रामेछाप सहित आसपासका जिल्लामा आगलागी तथा डढेलोका घटना बढ्न थालेका छन् ।

चैत महिना लागेसँगै दोलखा, रामेछाप, ओखलढुंगा र सिन्धुलीमा डढेलो र आगलागीका घटना बढ्न थालेका हुन् । गर्मी लागेसँगै वनमा डढेलो र आगलागीको जोखिम बढी हुन्छ । हरेक वर्ष यो मौसममा वन जङ्गलमा डढेलो र अगालगीका घटना धेरै हुने गरेका छन् । शनिवार दोलखाको कालिञ्चोक गाउँपालिकामा भूकम्पपछि पुनिर्माण गरिएका एकै परिवारका ३ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने र रामेछापमा भएको आगलागीबाट खरले छाएको ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको छ । शनिवार ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका ८ सल्लेरीको तीनदोबान भिरपाखा र सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको थियोे । शनिबार कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा स्थानीय विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइराला जानकारी दिनुभयो । आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । केहि दिन अघि मात्रै भिमेश्वर नगरपालिकास्थित बिच बजारमा पदम बहादुर श्रेष्ठको कपडा पसलमा आगलागी भएको थियो । प्रहरीका अनुसार कपडा पसलमा लागेको आगलागीबाट करिब ९० लाख बराबरको क्षति भएको थियोे ।

हावाहुरी र सुक्खा मौसम सुरु भएपछि दोलखा र रामेछाप सहित आसपासका जिल्लामा आगलागी तथा डढेलोका घटना बढ्न थालेका छन् । चैत महिना लागेसँगै दोलखा, रामेछाप, ओखलढुंगा र सिन्धुलीमा डढेलो र आगलागीका घटना बढ्न थालेका हुन् । शनिवार दोलखाको कालिञ्चोक गाउँपालिकामा भूकम्पपछि पुनिर्माण गरिएका एकै परिवारका ३ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने र रामेछापमा भएको आगलागीबाट खरले छाएको ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण डढेलो तथा आगलागीका घटना घट्ने गरेको दोलखाका प्रहरी निरिक्षक कोइरालाले बताउनुभयो । 

यस्तै, रामेछापको रामेछाप नगरपालिका ७ सुकाजोरमा स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएका छन् । श्रेष्ठको घरभित्र विद्युत सर्ट भएर आगलागी भएपछि हावाहुरीका कारण झिल्को उडेर छिमेकीको घरमा पुगेपछि चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शङ्कर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको घर पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट करोडौँको क्षति भएको रामेछाप प्रहरीले जनाएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण डढेलो तथा आगलागीका घटना घट्ने गरेको दोलखाका प्रहरी निरिक्षक कोइरालाले बताउनुभयो । आगलागी तथा डढेलो लाग्न नदिन व्यक्ति र समुदाय नै सचेत हुनुपर्ने उहाँको भनाई छ ।

रामेछापको सुकाजोरमा आगलागीबाट नष्ट भएका घरहरु