
दोलखा । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् वागमती प्रदेश सरकारका बन तथा वातारण मन्त्री विशाल खड्काले आगामी स्थानीय तह निर्वाचनमा दोलखा जिल्लामा नेकपा माओवादी केन्द्र पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
माओवादीको पक्षमा २०६४ सालकै जसरी जनलहर उर्लिएको भन्दै उहाँले आगामी निर्वाचनमा दोलखा जिल्लामा माओवादी पहिलो पार्टी बन्ने दावी गर्नुभएको हो । हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा आज कुराकानी गर्दै मन्त्री खड्काले अहिले जिल्लाका ९ स्थानीय तहमध्ये ६ वटामा माओवादी पहिलो नम्बरमा रहेको र अन्य तीन वटा पालिकामा दोस्रो नम्बरमा रहेकाले स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
अघिल्लो निर्वाचनमा प्राविधिक कारणले माओवादीले हार व्यहोरे पनि अहिले जनताले माओवादीलाई बलियो शक्तिका रुपमा लिएको र माओवादीको पक्षमा जनलहर उर्लिएको उहाँको भनाई छ । मन्त्री खड्काले दोलखाका स्थानीय तहमा एमाले सरकारले गरेको भ्रष्टचार, बेतिथिका कारण जनताप्रति माओवादीको आकर्षण ह्वात्तै बढेको उल्लेख गर्दै सहि तरिकाले आफ्ना गतिविधि अघि बढाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आगामी स्थानीय तहको निर्वाचनमा डनवाद र धनवाद लगाएर निर्वाचन जित्न नसक्ने भन्दै मन्त्री खड्काले जनवादका आधारमा माओवादीले दोलखामा निर्वाचन जित्ने बताउनुभयो ।
जिल्लाका ६ वटा स्थानीय तहमा माओवादी पहिलो नम्बरमा रहेको र अन्य तीन वटा पालिकामा दोस्रो नम्बरमा रहेकाले स्थानीय तह निर्वाचनमा माओवादी पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने मन्त्री खड्काले बताउनुभयो । जनवादका आधारमा माओवादीले दोलखामा निर्वाचन जित्ने भन्दै माओवादीको पक्षमा जनलहर उर्लिएको मन्त्री खड्काको भनाई छ । मन्त्री खड्काको विशेष पहलमा लापिलाङको पहिरो प्रभावितका लागि दुई करोड बजेट विनियोजन भएको छ ।यस्तै, प्रदेश सरकारबाट दोलखाका लागि साना ठुला दुई सय वटा योजना थप भएका छन् ।
माओवादीमा साँढे १० हजार दोलखालीले पार्टीको सदस्यता प्राप्त गरिसकेको अवस्थामा जिल्लामा क्रियाशिल अन्य राजनितिक दलहरुले निर्वाचन जित्ने आधार नै नभएको मन्त्री खड्काको भनाई छ । पार्टीको आन्तरिक जागरणका क्रममा गाउँबस्तीमा पुग्दा माओवादीप्रति जनताको आकर्षण २०६४ कै अवस्थामा देखिएको र स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णय पर्खिरहेकोे मन्त्री खड्काले बताउनुभयो । निर्वाचनका लागि माओवादी केन्द्र दोलखा आन्तरिक रुपमा तयारीमा रहेको भन्दै उहाँले माथिल्लो तहबाट निर्देशन आए लगत्तै पालिकादेखि वडासम्म एकैपटक उम्मेदवार चयन गर्ने जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको मन्त्री भएपछि दोलखालाई प्राथमिकता दिनुभएका मन्त्री खड्काको विशेष पहलमा लापिलाङको पहिरो प्रभावितका लागि दुई करोड बजेट विनियोजन भएको छ । यसअघि दोलखाका थुप्रै मन्त्री र सांसद पहिरो प्रभावित स्थलमा पुगेर फोटो खिच्ने, हेर्ने र फर्कने बाहेक पहिरो प्रभावितका लागि कुनै ठोस पहलकदमी हुन सकेको थिएन । तर प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्का मन्त्री भएपछि लापिलाङको पहिरो प्रभावित स्थलमा पुगे लगत्तै उहाँको विशेष पहलमा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको हो ।
पहिरो प्रभावितको पुर्नवासका लागि सो बजेट प्रदेश सरकारले विनियोजन गरेको र अबको केही दिनमा नै काम सुरु हुने मन्त्री खड्काले जानकारी दिनुभयो । अघिल्लो सरकारले बनाएको बजेटमा अहिले प्रदेश सरकार चलिरहेको अवस्थामा पनि आफु दोलखाको विकास र दोलखाली जनताको हितका लागि दिनरान नभनी खटिरहेको उहाँको भनाई छ । मन्त्री खड्काको पहलमा प्रदेश सरकारबाट दोलखाका लागि साना ठुला दुई सय वटा योजना थप भएका छन् । सुनखानी साङ्वा सडक पिच भएको छ भने र मेलुङको डाँडाखर्कदेखि दोरम्बा जोड्ने सडकको पनि टेण्डर भएको छ ।