images
images

बागमती प्रदेश सरकारले गर्‍याे सात अर्ब बढी राजस्व संकलन

  • १४ चैत्र २०७८, सोमबार १८:०३

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ ।

मन्त्रालय स्थापना र मन्त्री घनश्याम दाहालले नियुक्तिको सय दिन पुरा भएको अवसरमा आज पत्रकार सम्मेलन गर्र्दै प्रदेश सरकारले फागुन महिनासम्ममा ७ अर्ब १२ करोड ७३ लाख राजस्व संकलन गरेकोे जानकारी दिनुभएको हो । प्रदेश सरकारले दोस्रो चौमासिक सम्मा यातायात क्षेत्रबाट मात्र ७ अर्ब १२ करोड ७३ लाख रुपैँया राजश्व संकलन गरेको छ । सरकारले यो वर्ष कुल १० अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा आगामी असार मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने अनुमान गरिएको छ । वागमती प्रदेशबाट २ लाख १५ हजारभन्दा बढीले लाइसेन्सका लागि आवेदन प्राप्त भइसकेको र हालकै अवस्थाको सेवा प्रवाहले २०२४ सम्म पनि लाइसेन्स वितरण हुन नसक्ने बताइएको छ । लाइसेन्स वितरण सहज नभएको खण्डमा प्रदेश तहबाटै लाइसेन्स जारी गर्ने प्रक्रिया आगाडी बढाइने र यातायात क्षेत्रलाई विचौलिया मुक्त बनाएर सेवा प्रवाहलाई मर्यादित तथा व्यवस्थित बनाउने मन्त्री दाहालले बताउनुभयो ।