images
images

दोलखामा स्थानिय तह निर्वाचनका लागि ११ सय कर्मचारी परिचालन गरिने

  • १४ चैत्र २०७८, सोमबार १९:४१

दोलखा । दोलखामा आगामी स्थानिय तह निर्वाचनका लागि ११ सय कर्मचारी परिचालन गरिने भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा १ सय ९३ वटा मतदान केन्द्रमा ११ सय कर्मचारी परिचालन गरिने भएको हो । स्वयंसेवक र सुरक्षाकर्मी बाहेक ११ सय कर्मचारी परिचालन गरिने निर्वाचन कार्यलय दोलखाले जनाएको छ । निर्वाचनमा ९ वटै स्थानिय तहमा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण संकलनको काम भइरहेको निर्वाचन कार्यालय दोलखाकी प्रमुख एवम् निर्वाचन अधिकृत सकुन्तला राईले जानकारी दिनुभयो ।उहाँका अनुसार कार्यालयले निर्वाचनमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा ११ सय कर्मचारी परिचालनका लागि जिल्लाका सरकारी निकायका कर्मचारी र शिक्षकको विवरण माग गरिएको कार्यालयले जनाएको छ । स्वयम्सेवक र कर्मचारी गरी एउटा मतदान केन्द्रमा ३ जना कर्मचारी खटिनेछन् । उनीहरुलाई वैशाख २० गते देखि नै मतदान स्थलमा खटाइने कार्यालयले जनाएको छ ।

यस्तै निर्वाचनमा ५ सय ७९ जना स्यवमसेवक खटिने भएका छन् भने उनीहरुको कार्यअवधि करिब २० दिनको हुनेछ । आगामि स्थानीय तहको निर्वाचनमा ७ सय ९५ जना म्यादी प्रहरी सहित २ हजार सुरक्षाकर्मि परिचालन गरिने दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिएसपी गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । यद्धपी कुन मतदान स्थल र मतदान केन्द्रमा कति सुरक्षाकर्मी परिचालन गरिने टुंगो लागिसकेको छैन । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९४ वटा मतदानस्थल र १ सय ९३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा २२ वटा दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ र अन्य क्रियाशिल १६ वटा गरी २२ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।