images
images

सिन्धुलीमा भरुवा बन्दुक सहित तीन पुरुष पक्राउ

  • १४ चैत्र २०७८, सोमबार १९:५१

सिन्धुली । सिन्धुलीमा भरुवा बन्दुक सहित ३ पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १२ का नेत्र बहादुर मोक्तान, तीर्थबहादुर मगर र नुवाकोटका कुमार तामाङलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घ्याङलेख गाउँपालिका वडा नम्बर ३ बन्दुकडाँडास्थित निर्माणधिन स्वास्थ्य चौकीको भवनमा काम गर्दै आएका उनीहरुले आफु बस्दै आएको टहरोमा लुकाई छिपाई एक थान भरुवा बन्दुक राखेको गोप्य सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक बरामद गरेको सिन्धुलीका प्रहरी प्रमुख डिएसपी मनोज लामाले जानकारी दिनुभयो ।