
काठमाडौँ । सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकले मुलुकी फौजदारी संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकले कानुन संशोधनको प्रक्रिया पुरा गर्न मन्त्रीपरिषदको विद्येयक समितिमा पठाउने निर्णय गरेको छ । गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेस प्रदेशका एक टोली पैदल यात्रा गरि काठमाडौँ आएका थिए । उनीहरुले काठमाडौँ आएर माइतीघरमा प्रदर्शन गरेको दुईदिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।