भक्तपुर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएसँगै अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
शनिबार बिहान भक्तपुरबाट ल्याइएका दुवै विशिष्ट नेताहरूलाई परिसरभित्रै विशेष निगरानीमा राखिएको छ ।
परिसर स्रोतका अनुसार दुवै नेताहरूलाई सुरक्षित र उच्च सुरक्षा घेराभित्र राखिएको छ । उनीहरूको स्वास्थ्य अवस्था र सुरक्षालाई ध्यानमा राख्दै परिसरभित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई ‘म्याक्सिमम अलर्ट’ मा राखिएको छ ।
भद्रकाली क्षेत्रमा सर्वसाधारण र कार्यकर्ताको सम्भावित भिडलाई मध्यनजर गर्दै प्रहरीले परिसरको मुख्य गेट र वरपरको क्षेत्रमा थप मद्दत टोली परिचालन गरेको छ ।
सुरक्षा अधिकारीहरूको दौडधुप
दुई ठुला दलका शीर्ष नेताहरू परिसरमा रहेका कारण जिल्ला प्रहरी प्रमुख लगायतका उच्च अधिकारीहरू आफैँ उपस्थित भई स्थितिको अनुगमन गरिरहेका छन् ।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को निर्णय र गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि उनीहरूलाई फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाउन त्यहाँ राखिएको हो ।



हाम्रो अपडेट 






