images
images

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस दोलखाको निर्देशन

  • १५ बैशाख २०७९, बिहीबार १४:५६

जिरी (दोलखा) । नेपाली काग्रेस दोलखाले स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार दिएकाहरुलाई आफ्नो उम्मेदावारी फिर्ता गर्न निर्देशन दिएको छ ।

काग्रेस दोलखाले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आफ्नो पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । काग्रेस जिल्ला सभापति बर्मा लामाले आज विज्ञप्ती जारी गर्दै दोलखाको स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सदस्य पदमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिई आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेको दलको उम्मेदवारललाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिनुभएको छ ।

सभापति लामाले पार्टीको हितमा लोकतन्त्र, भावी परिस्थिति र आफ्नो भविष्य समेतलाई आंकलन गरी निर्वाचन आयोगले मनोनयन फिर्ता लिन दिएको मिति भित्र निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले भोली बेलुकी ५ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकेको छ ।